
काठमाडौं, मंसिर २५ । कार्ल्सबर्ग ओपन गल्फ टुर्नामेन्टको उपाधि पेम्बा शेर्पाले जितेका छन् ।
कुल ३७ अंक जोडेका पेम्बाले राजेन्द्र श्रेष्ठलाई पछि पार्दै उपाधि हात पारेका हुन् । पेम्बाभन्दा एक अंक कम जोडेका राजेन्द्र ३६ अंकका साथ दोस्रो भए ।
प्रतियोगिताअन्तर्गत् महिलातर्फको उपाधि कल्पना लिम्बूलाई पछि पार्दै प्रतिमा शेर्पाले जितिन् । प्रतिमाले २७ अंक जोड्दा कल्पनाले २५ अंकमात्र जोड्न सकिन ।
प्रतियोगिताकै भेट्रान तर्फको उपाधि महेशविक्रम कार्कीले जिते ।
प्रतियोगितामा विजय श्रेष्ठले लंगगेष्ट ड्राइभमा शीर्ष स्थान हात पार्दा चार बर्डिज खेलेका वाँगचेन ढुण्दुप मष्ट बर्डिजको विजेता बने ।
कार्ल्सबर्गको आयोजनामा शनिबार गोकर्ण गल्फ रिसोर्टमा सम्पन्न एकदिने प्रतियोगितामा विभिन्न विधामा गरी ९० जनाभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्