३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कोहली र मुरली विजयको शानदार शतक


0
Shares

काठमाडौं, मंसिर २५ । कप्तान विराट कोहली र मुरली विजयको शानदार शतकको मद्दतले भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा आक्रामक ब्याटिङ गरेको छ ।

मुम्बईमा जारी खेलमा भारतले शनिबार तेस्रो दिनको समाप्तिसम्म ७ विकेटको क्षतिमा ४५१ रन बनाइसकेको छ ।

विजय १३६ रन बनाएर आउट भएका छन् भने कोहलीले अविजित रहँदै १४७ रन बनाइसकेका छन् ।

जयन्त यादवले ३० रनबाट कोहलीलाई साथ दिइरहेका छन् ।

यसअघि, इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ४०० रन बनाएको थियो ।

‘डेब्यु’ खेलाडी किटन जेनिङ्सले ११२ रन बनाएको इनिङमा भारतका रविचन्द्रन आश्विनले ६ तथा रविन्द्र जडेजाले ४ विकेट लिएका थिए ।

यसअघिका दुई खेल भारतले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।