
काठमाडौं, मंसिर २६ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
आफ्नै मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ४-२ ले हराएको हो ।
खेलमा लेस्टरलाई विजयी गराउन जेमी भार्डीले ह्याट्रिक गरे भने एण्डी किङले एक गोल थपे । पराजित टोली म्यान्चेस्टर सिटीका कोलारोभ र नोलिटोले एक–एक गोल गरे ।
शनिबार राति भएको अर्को खेलमा आर्सनलले स्टोक सिटीलाई ३-१ ले हराएको छ । आर्सनललाई विजयी गराउन थियो वाल्कोट, मेसुत ओजिल र अलेक्स इओबीले एक–एक गोल गरे ।
राति भएका अन्य खेलहरुमा वाट्फोर्डले एभर्टनलाई ३-२ ले हराउँदा स्वान्सी सिटीले सण्डरलण्डलाई ३-० ले पराजित गर्यो ।
यसैगरी बर्नलेले बर्नमाउथलाई ३-२ ले हराउँदा हल सिटी र क्रिष्टल प्यालेसले ३-३ गोलको बराबरी खेलेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती चार खेल हुनेछन् । चेल्सी र वेष्ट ब्रोम भिड्दा म्यानचेस्टर युनाईटेड र टोटनह्याम हट्सपर, साउथह्याम्पटन र मिडिल्सब्रो तथा लिभरपुल र वेष्ट ह्याम भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्