३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चम्किए विराट कोहली, एकै वर्ष तेस्रो दोहोरो शतक


0
Shares

काठमाडौं, मंसिर २६ । कप्तान विराट कोहलीले एक वर्षमै तेस्रो दोहोरो शतक प्रहार गरेपछि भारत, इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा विजयनजिक पुगेको छ ।

मुम्बईमा जारी खेलको पहिलो इनिङमा इंग्ल्यान्डलाई ४०० रनमा रोकेको भारतले कोहलीको २३५ रनको मद्दतले ६३१ रन बनायो ।

कोहलीको यो सन् २०१६ को तेस्रो दोहोरो शतक हो ।

त्यस्तै, मुरली विजयले १३६ तथा जयन्त यादवले १०४ रन बनाए ।

पहिलो इनिङमा २३१ रनले पछि परेको इंग्ल्यान्डले दोस्रो इनिङमा आइतबार चौथो दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा १८२ रनमात्र बनाएको छ । इंग्ल्यान्ड अझै ५९ रनले पछाडि छ ।

यसअघिका दुई खेल भारतले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।