
उदयपुर, मंसिर २६ । उदयपुरमा पूर्वान्चलस्तरीय क्षेत्रीय ह्यान्डबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् हुन लागेको पूर्वाञ्चल क्षेत्रीय ह्यान्डबल छनोट उदयपुरको बेल्टार बसाहास्थित समावेसी खेल मैदानमा सन्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा झापा, मोरङ सुनसरी, ओखलढुंगा, सिरहा र उदयपुरसहित ६ जिल्लाले भाग लिने उदयपुर ह्यान्डबल संघका अध्यक्ष शम्भु पौडेलले जानकारी गराएका छन् ।
खेल यही मंसिर २७, २८ र २९ गते तीनदिनसम्म सन्चालन हुनेछ ।
यसअघि उदयपुरको कटारीमा तेक्वान्दो र गाईघाटमा बास्केटबलका क्षेत्रीय खेल भएका थिए ।
प्रतिक्रिया दिनुहोस्