३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


फुटसल लिगमा लिग चरणका अन्तिम खेलहरु सुरु


0
Shares

काठमाडौं, मंसिर २६ । रेडबुल फुटसल लिग २०७३ मा लिग चरणका अन्तिम खेलहरु सुरु भएका छन् ।

१४औं चरणको पहिलो खेलमा आइतबार बाँसबारीको चउर रिक्रिएसनल सेन्टरले ढुंगेअड्डाको आदर्श फुटसललाई ६–५ ले पराजित गर्‍यो ।

लिग चरणबाट माथि नउक्लने निश्चित भइसकेका यी दुई टोलीहरुबीचको खेल औपचारिकतामात्रै थियो ।

अंकतालिकाको पाँचौ स्थानमा रहेको आदर्श र पुछारमा रहेको चउरबीचको खेलपछि पनि अंकतालिकामा कुनै फेरबदल भएन ।

१४ खेलबाट १० अंक जोडेको चउर तालिकाको पुछारमा छ भने १३ अंक जोडेको आदर्श पाँचौ स्थानमा यथावत छ ।