
रुकुम, मंसिर १६ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् मध्यपश्चिमाञ्चलस्तरीय पुरुष भलिबल छनोट प्रतियोगता आइतबारदेखि रुकुमको मुसिकोटमा सुरु भएको छ ।
मध्यपश्चिमका १५ जिल्लाका पुरुष भलिबल खेलाडीहरुको सहभागिता रहेको छनोट प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरे ।
त्यसक्रममा उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने दाबी पनि गरे ।
आइतबार उद्घाटन भएपनि छनोट प्रतियोगिताका खेलहरु भने सोमबारदेखिमात्र सुरु हुनेछन् ।
पहिलोपटक मध्यपश्चिमस्तरीय पुरुष भलिबल छनोट प्रतियोगता रुकुममा आयोजना भएको हो ।
जिल्ला खेलकुद विकास समिति रुकुमको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्