३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


यु–१९ एसिया कपः नेपाली टोलीको बिदाइ, छोटो तयारी तर राम्रो प्रदर्शन : सन्दीप


0
Shares

काठमाडौं, मंसिर २७ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्य नेपाली किशोर टोलीको बिदाइ गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिब केशव बिष्टले खेलाडीहरुलाई बिदाइ गर्दै उमेर समूहको क्रिकेटमा नेपालले राखेको शाखलाई अझ बृद्धि गर्न शुभकामना दिए ।

आगामी मंसिर ३० गतेदेखि पुस ८ गतेसम्म श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा भएको थियो ।

तीनजनाबाहेक सबै नयाँ अनुहार समेटिएको नेपाली टोलीले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगितको सुरुआत गर्नेछ ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले छोटो तयारी र अनुभवको अभाव भएपनि प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगितामा आयोजक श्रीलंका, भारत र मलेसियासँगै नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘बी’मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

नेपाली टोली प्रतियोगिताका लागि मंगलबार दिउँसो श्रीलंकातर्फ प्रस्थान गर्नेछ ।