३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सन्दिप लामिछानेको कप्तानीमा युवा क्रिकेट टोली श्रीलंकातर्फ


0
Shares

काठमाडौं, मंसिर २८ ।एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ ।

बिहान साँढे ११ बजे हिमालयन एयरलाईन्समार्फत नेपाली टोली कोलम्बो गएको हो । श्रीलंका जाने टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले शुभकामनासहित बिदाई गरेका थिए ।

यही मंसिर ३० गतेदेखि पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् ।

नेपालले पर्सी बिहीबार आयोजक श्रीलंकासँग पहिलो खेल खेल्नेछ । प्रतियोगितामा श्रीलंका, भारत र मलेसियासँगै नेपाल समुह ए मा रहेको छ ।

समुह बि मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।