Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


गुल्मी बन्द १४औं दिनमाः कालोपट्टी बाँधेर दौडजुलुस


0
Shares

गुल्मी, मंसिर २८ । सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरी प्रदेश नम्बर–५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा मंगलबार १४औं दिन पनि गुल्मी जिल्ला बन्द कायमै छ ।

अनिश्चितकालीन बन्दको कारण जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको छ ।

बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्नुपरेको छ ।

यसैबीच, गुल्मीमा मंगलबार टाउकोमा कालोपट्टी बाँधेर दौडजुलुस प्रर्दशन गरिएको छ ।

सरकारले ल्याएको संशोधन विधेयकको विरोधमा आन्दोलन चलिरहेको धेरै दिन बित्दासमेत कुनै सुनुवाइ नै नगरी सरकार ढिलो गतिमा चलेको भन्दै गति बढाइ छिटो संशोधन फिर्ता लिन दबाब दिनको लागि दौडजुलुस प्रर्दशन गरिएको सयुक्त संघर्ष समिति गुल्मीले जनाएको छ ।