३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भारतविरुद्ध मोइन अलीको शतक, अष्ट्रेलियाविरुद्ध पाकिस्तानको खराब प्रदर्शन


0
Shares

काठमाडौं, पुस १ । मोइन अलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै इंग्ल्यान्डले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा ठोस सुरुआत गरेको छ ।

चेन्नईमा जारी खेलमा इंग्ल्यान्डले शुक्रबार पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा २८४ रन बनाएको छ । अली १२० रनमा अविजित छन् ।

त्यस्तै, जो रुटले ८८ रन जोडेका छन् । इंग्ल्यान्डले २१ रन जोड्दा २ विकेट गुमाइसकेको भएपनि त्यसपछि बलर चल्न नसक्दा उच्च योगफलतर्फ अगाडि बढेको हो ।

भारतका रविन्द्र जडेजाले ३ तथा इशान्त शर्माले १ विकेट लिएका छन् ।

यसअघि भएका तीन खेल जितेर भारतले शृंखलामा कब्जा जमाइसकेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।

अष्ट्रेलियाविरुद्ध पाकिस्तानको खराब प्रदर्शन
अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले खराब ब्याटिङ प्रदर्शन गरेको छ ।

ब्रिसबेनमा जारी खेलमा पाकिस्तानले शुक्रबार दोस्रो दिनको समाप्तिसम्म ८ विकेटको क्षतिमा ९७ रनमात्र बनाएको छ ।

अष्ट्रेलियाका मिचेल स्टार्च र जोस हाज्लेउडले समान ३–३ विकेट लिएका छन् ।

यसअघि, घरेलु टोली अष्ट्रेलियाले कप्तान स्टेफेन स्मिथ र पिटर ह्यान्डस्कम्बको शतकको मद्दतले ४२९ रन बनाएको थियो ।