
ललितपुर, पुस २ । ललितपुरस्थित क्यारेबियन कलेजका बिद्यार्थी चढेको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी छन् । पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन् । घाइते चालक र विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ
बस सडकबाट करीब एक सय फिट तल खसेको प्रहरीले जनाएको छ । कच्ची सडकको मोडबाट चिप्लिएर बस तल खसेको प्रहरीले जनाएको छ ।
कलेज व्यवस्थापनका अनुसार विद्यार्थीहरू बस भाडामा लिएर आज पिकनिक हिँडेका थिए ।
प्रतिक्रिया दिनुहोस्