३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा मलेसियालाई हरायो (गोल भिडियो)


0
Shares

काठमाडौं, पुस २ । मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल विजयी भएको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।

नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारीले खेलको २७औं मिनेटमा निर्णायक गोल गरिन् ।

यो जितले नेपाली खेलाडीमा उत्साह भरिएको छ । नयाँ अनुहारले वर्चश्व जमाएको फिफा वरीयताको ११२ औं स्थानमा रहेको नेपालले ८६औं स्थानमा रहेको मलेसियालाई हराउँदा फिफा वरीयतामा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

भारतको सिलगुढीमा यही पुस ११ गतेदेखि हुने महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मलेसियालाई हराएसँगै उपाधि दावेदारीलाई बलियो बनाएको छ ।

नेपाल तीनपटकको साफ च्याम्पियनसिपको उपविजेता हो ।

साफ च्याम्पियनसिपमा नेपाल रहेको समूह ‘ए’मा श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

यस्तै समूह ‘बी’मा आयोजक भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तानले भने नाम फिर्ता लिएको छ ।

गोल भिडियो हेर्नुहोस्