३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


म्यानचेस्टर सिटीबाट आर्सनल स्तब्ध


0
Shares

काठमाडौं, पुस ४ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भयो । खेलमा आर्सनलका थियो वाल्कोटले पहिलो गोल गरेपनि म्यान्चेस्टर सिटीका लेरोए साने र राहिम स्टर्लिङले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई २–१ ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अली र ड्यानी रोजले एक–एक गोल गरे ।

बर्न्लेका आस्ले बार्न्सले पहिलो गोल गरेका थिए । गएराति भएको अर्को खेलमा साउथह्याम्पटनले बर्नमाउथलाई ३–१ ले हराएको छ ।

गएरातिका खेलहरुपछि इंग्लिश प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ४३ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल भने ३४ अंकको साथ तेस्रो स्थानमा छ ।

लिभरपुलले आज राति एभर्टनसँग खेल्नेछ ।