
बाराको सिमरामा ठूला होटल निर्माण र सञ्चालन हुने क्रमले तिव्रता पाएको हो । एक वर्ष यता सिमरामा आधा दर्जन ठूला होटल सञ्चालनमा आएका छन् ।
सिमराका होटलमा मात्र डेढ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले जानकारी दिए । सिमरामा पछिल्लो समय चार तारे होटलसम्म सञ्चालनमा आएका छन् ।
यहाँका ठूला होटलमा मात्रै ६ सयभन्दा बढीले रोजगारी पाएका छन् । पथलैया–वीरगन्ज औद्योगिक करिडोरको पहिलो बजार सिमरा हुनु, रात्रीकालीन सिमरा विमानस्थल, २४ सै घण्टा सुलभ यातायात र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चाले पनि यहाँ होटल खोल्नेहरुको होडबाजी नै सुरु भएको हो ।
त्यसैगरी काठमाडौं–निजगढ फास्ट ट्रयाकलगायतका आयोजनाले समेत सिमरामा होटल निर्माणमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्