१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


धुर्मुस–सुन्तलीले महोत्तरीको मुसहरबस्तीमा एकीकृत नमुनाबस्ती निर्माण गर्ने


0
Shares

एक प्रदेश एक नमुनाबस्ती कार्यक्रमअनुरुप बर्दिवास नगरपालिका–२ स्थित दलित समुदायको मुसहरबस्तीमा अगामी २०७४ साल वैशाख मसान्तसम्ममा एकीकृत नमुनाबस्ती निर्माण गरिने भएको हो ।

भूकम्पपीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृतबस्ती निर्माण गरेका धुर्मुस–सुन्तलीले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।

गाँस, बास र कपासकोसमेत समस्या रहेको मुसहरबस्तीमा बसोबास गर्ने ५० परिवारलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

रु चार करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउन्डेसनले गिरान्चौर एकीकृत नमुनाबस्ती निर्माणबाट बचेको रु एक करोड ३ लाख ६६ हजार ३०१ सो बस्ती निर्माणका लागि खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छन् ।

‘यहाँको ५० घरलाई आधुनिक वातावरणमा आधारित एकीकृत नमुनाबस्ती निर्माण गरिने छ’–फाउन्डेसनका प्रबन्धक अर्जुन न्यौपानेले भने ।

आधुनिक एवं सभ्य वातावरणसहितको नमुनाबस्ती निर्माणका लागि सबैलाई आ–आफनो तर्फबाट सहयोग गर्न उनले आग्रह गरे । रासस