
यसदिन पनि बजार परिसूचक नेप्से २५ अंकले झरेर १४ सय ७० मा आइपुग्यो । कारोबार पनि औसत दिनका तुलनामा खुम्चियो ।
कारोबार भएका अधिकांशजसो समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च १ सय ७८ अंकले झर्यो । उत्पादनमूलक समूहमा ८६ अंकको कमी आयो । वाणिज्य बैंक समूह २७ अंकले ओर्लियो । जलविद्युत् समूह १७ अंकले झर्यो ।
विकास बैंक, वित्त र अन्य समूह सामान्य अंकले ऋणात्मक रहे । व्यापार र होटल समूह भने नगन्य अंकलेमात्र हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको ६ लाख ९६ हजार कित्ता शेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्