Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


क्रिसमसको दिन फिलिपिन्समा भीषण आँधी आउनसक्ने चेतावनी


0
Shares

आँधी ल्याउने हावा प्रतिघन्टा २२२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ ।

आँधीले आउदो सोमबार लुजोन टापु र मनिलालाईसमेत असर पार्नसक्ने पूर्वानुमान गरिएको छ ।

सरकारी निकायका एक प्रवक्ता रचेल मिरान्दाले भने–‘आँधी आउने सम्भावना भएकाले त्यसबाट बच्ने उपाय अप्नाउन हामीले स्थानीय सरकारलाई सुझाव दिएका छौं ।’

हजारौं नागरिकहरुलाई क्रिसमस सकिएपछि घर फर्कने व्यवस्था गर्न पनि भनिएको उनले बताए ।

विकोल क्षेत्रका नागरिक रक्षा प्रमुख केड्रिक डाइपले कम्तीमा पनि चार लाख मानिसलाई त्यस क्षेत्रबाट अन्यत्र सार्नुपर्ने बताए ।

‘अहिलेकै अवस्थामा सबै विस्थापितहरुलाई खाने–बस्ने व्यवस्था गर्न सकिने अवस्था छैन’–उनले भने–‘साथी र नातेदारको सहयोग लिन हामीले आह्वान गरेका छौं ।’

चेतावनी दिइएको क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सार्नका लागि आवश्यक सवारी–साधन उपलब्ध गराउन अन्य सरकारका निकायहरुलाई पनि आग्रह गरिएको उनले जानकारी दिए । रासस/सिन्ह्वा

Skip This