
उक्त विमान सिरियातर्फ गइरहेको थियो । दुर्घटनाग्रस्त विमानको केही टुक्रा समुद्री तटबाट डेढ किलोमिटर टाढा फेला परेको जनाइएको छ ।
रुसी सैन्य जहाज, हेलिकोप्टर तथा ड्रोनका माध्यमबाट विमानको बाँकी हिस्सा खोज्ने काम भइरहेको अधिकारीहरुको भनाइ छ ।
रुसी सेनाको सो विमान सोचीस्थित एडलर विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटना भएको थियो ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्