२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सौराहामा हात्ती महोत्सव सुरु


0
Shares

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा सुरु भएको महोत्सवको पर्यटनमन्त्री जीवनबहादुर शाहीले सोमबार दिउँसो उद्घाटन गरे ।

महोत्सवमा हात्ती फास्टवाक, हात्तीपोलो, हात्तीका छावाहरुबीच फुटबल, हात्तीशृंगार, गाडादौड, हात्तीपेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगादौड प्रतियोगिता आयोजना गरिने छ ।

सोमबार पहिलो दिन हात्ती फास्टवाक र हात्तीपोलो प्रतियोगिता गरिएको छ ।

हात्ती फास्टवाकअन्तर्गत् सोमबार ६ हात्ती सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महोत्सव पुस १५ गतेसम्म चल्ने छ ।