२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल वायुसेवा निगमले चिनियाँ विमान नै ल्याउने


0
Shares

                                                                                        फाइल फोटो

चिनियाँ विमान निर्माता कम्पनीले दिएको लिखित प्रतिबद्धता तथा प्रत्याभूति दिएको र यी विमानको विकल्पमा समान क्षमताको अरु पश्चिमी मुलुकबाट आपूर्ति हुनसक्ने विमानहरुको अनुमानित मूल्यभन्दा सस्तो हुने भएकाले विमान ल्याउन लागिएको निगमले जनाएको छ ।

निगमले निकट भविष्यमा नै एउटा एमए ६० र तीनओटा वाइ १२ ईलाई नेपाल अवतरण गराइ सेवामा लगाइने जनाएको हो ।

यी विमानहरुको सन्चालन सम्बन्धमा देखापरेको मर्मत–सम्भार, पार्टपूर्जा तथा तालिमको मूल्य, बीमा आदि समस्याहरुका सम्बन्धमा चिनियाँ पक्षले सक्दो सहयोग तथा मद्दत गर्ने प्रत्याभूति दिएको निगमले जनाएको छ ।

पहिले अनुदानस्वरुप प्राप्त गरेका यी विमान सन्चालनमा विभिन्न अवरोध आएको सन्दर्भमा विभिन्न चरणमा अध्ययन, वार्ता र सहमति भएपछि निगममा अरु ६ ओटा विमान थपिन लागेको निगमको दाबी छ ।