
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राजापुरको मनाउँ गाविस–६ की २८ वर्षीया विमला परियारको हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।
विमलाका श्रीमान लोकबहादुरले भने भागेर ज्यान जोगाएका छन् । हात्तीले आक्रमण गर्न थालेपछि भाग्दा स्थानीय खगेन्द्र गौतम र सिद्धार्थ गौतम लडेर घाइते भएका छन् ।
हात्तीले मनाउ गाविस–८ का मानबहादुर चौधरी र तेजु चौधरीको घर भत्काइ दिएको छ । त्यहाँका केही भौतिक संरचनामा समेत हात्तीले क्षति पु¥याएको स्थानीयले बनाएका छन् ।
निकुन्जबाट गएका तीन वटा हात्तीले गाउँमा वितण्डा मच्चाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्