१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सातौं राष्ट्रिय खेलकुदः तेक्वान्दोको १६ मध्ये ११ स्वर्णपदक आर्मीको पोल्टामा


0
Shares

तेक्वान्दोका कुल १६ मध्ये ११ ओटा स्वर्णपदक आर्मीका खेलाडीले जितेका छन् ।

दोस्रो स्थानमा आएको नेपाल पुलिस क्लबले ४ स्वर्णपदक जित्दा सशस्त्र प्रहरीको एपीएफ टिमले एउटामात्रै स्वर्ण पदकमा चित्त बुझाउनुप¥यो ।

बुधबार भएका तेक्वान्दोका ५ फाइनल भिडन्तमध्ये आर्मीले तीन स्वर्णपदक हात पार्दा पुलिस क्लबले दुईओटा स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुरुष ८० केजी तौल समूहमा त्रिभुवन आर्मीका रामदत्त भट्टले स्वर्णपदक जितेका छन् । यो स्पर्धामा मध्यमाअञ्चलका विवेक श्रेष्ठले रजतपदक जिते ।

पुरुष ६८ केजी तौल समूहमा नेपाल पुलिसका जेम्स प्रधानलाई हराउँदै आर्मीका मोहम्बद बैयसले स्वर्ण जिते ।

पुरुष ७४ केजी तौल समूहमा आर्मीका ज्ञानेन्द्र हामाललाई पाखा लगाउँदै नेपाल पुलिसका निश्चलमान श्रेष्ठले स्वर्ण जिते ।

यसैगरी, पुरुष ६३ केजी तौल समूहमा पश्चिमाञ्चलका किरणबहादुर आलेलाई हराउँदै पुलिसकै वीरबहादुर महराले स्वर्ण हात पारे ।

यसैगरी, महिलातर्फको ७३ केजी तौल समूहमा पूर्वाञ्चलकी मौसम कार्कीलाई हराउँदै नेपाली सेनाकी मिरा काफ्लेले स्वर्ण जितिन् ।