
सेयर लगानीकर्ता संघले बुधबार नेप्से कार्यालयमा धर्ना दिँदै नेप्से महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन, ब्रोकरलाई यथाशीघ्र राजधानीबाहिर पठाउन, पूर्णअनलाइन प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याउन, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति स्पस्ट पार्न, बजार निर्माता ल्याउन र गैरआवासीय नेपालीहरुलाई सेयर बजारमा ल्याउने व्यवस्था गर्न माग गरेको छ ।
संघले पुस १७ गतेसम्मको अल्टिमेटम दिँदै लगानीकर्ताको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ज्ञापनपत्र बुझ्दै नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरहरुलाई बाहिर पठाउने, अनलाइन कारोबार सन्चालन गर्नेलगायतका कुनैपनि कुरामा आफ्नो संस्था बाधक नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्