२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सातौं राष्ट्रिय खेलकुदः आर्मी ९१ स्वर्णसहित शीर्ष स्थानमा, यस्तो छ पदक तालिका


0
Shares

आर्मीले जारी प्रतियोगितामा बुधबारसम्म ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्यपदक गरेर कुल १६५ ओटा पदकमा कब्जा जमाएको छ ।

आर्मीपछि नेपाल पुलिस क्लब ३७ स्वर्ण, २९ रजत र ३६ कास्यसहित ९२ ओटा पदकका साथ दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरी ३२ स्वर्ण, २७ रजत र ४८ कास्यसहित १०७ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, मध्यामञ्चल २१ स्वर्ण, ३९ रजत र ४६ कास्यसहित जम्मा १०६ पदक जितेर चौथो स्थानमा छ ।

मध्यपश्चिमाञ्चल ७ स्वर्ण, १३ रजत र ३७ कास्यपदकसहित पाँचौं स्थानमा छ ।

पूर्वाञ्चलले हालसम्म ६ स्वर्ण, ११ रजत र ४० कस्य पदक जितेको छ ।

पश्चिमाञ्चलले ५ स्वर्ण, १८ रजत र ३० कास्य जितेको छ ।

सुदूरपश्चिमले ३ ओटा स्वर्ण १० रजत र ५० कास्यपदक जितेको छ ।

अहिलेसम्म १९८ स्वर्ण, १ सय ९८ रजत र ३ सय २८ कास्यपदक गरी कुल ७ सय २४ पदकको छिनोफानो भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचार–प्रचार उपसमितिका सदस्य दामोदर आर्चालले जानकारी दिए ।

शुक्रबारदेखि सुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलका विभिन्न स्थानमा जारी छ ।