
शुक्रबार विराटनगरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गर्दै सशस्त्रले स्वर्णपदक जितेको हो ।
पहिले ब्याटिङ गरेको सशस्त्रले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो ।
सशस्त्रका कप्तान पारस खड्काले ३८ बलमा सर्वाधिक ३३ रन बनाएको इनिङमा भुवन कार्कीले १२ बलमा अविजित रहँदै २४ रन जोडे ।
आर्मीका सोमपाल कामी, विक्रम सोब र चन्द्र साउदले समान २/२ विकेट लिए ।
जवाफमा आर्मीले १७ ओभर ४ बलमा अलआउट हुँदै ७२ रनमात्र जोड्न सक्यो ।
नरेश बुढाऐरलेमात्र दोहोरो अंक जोड्नेक्रममा १७ रन बनाएको इनिङमा सशस्त्रका भुवन कार्कीले ११ रन खर्चेर ४ विकेट लिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ ।
शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले मध्यमाञ्चललाई ३३ रनले पराजित गर्यो ।
प्रतियोगिताभर सशस्त्रका कप्तान पारस खड्काले सर्वाधिक १८४ रन जोडे भने पुलिसका ललित भण्डारीले सर्वाधिक १२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्