२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कास्कीको सबैभन्दा ठूलो २५ मेगावाट क्षमताको अपरमादीको उत्पादन सुरु


0
Shares

मादी पावर प्रालिले कास्कीको सिल्दुजुरे गाविसमा निर्माण सम्पन्न गरेको आयोजनाको ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार उद्घाटन गरे ।

करिब ६६ मिलियन अमेरिकी डलरको लागतमा निर्माण गरिएको आयोजनाले विद्युत् उत्पादन गरी लेखनाथ सबस्टेसनमार्फत् वितरण सुरु गरेको हो ।

आयोजनाको उद्घाटन गर्दै ऊर्जामन्त्री शर्माले देशका मुख्य सहरमा लोडसेडिङ हटेको घोषणा गर्दै लोडसेसिङको भूतबाट मुक्त हुन आग्रह गरे ।

विद्युत्गृहमा साढे १२ मेगावाट क्षमताका दुईओटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ ।

चार हजार दुई सय मिटर लामो सुरुङमा मादीनदीको पानी ल्याएर ११६ मिटर पेनस्टक पाइपमार्फत् बिजुली उत्पादन गरिएको छ ।

आयोजना गत अप्रिलमा सकिनुपर्ने भएपनि भूकम्प, नाकाबन्दी र मादीमा आएको बाढी तथा पहिरोले काममा ढिलाइ हुनुका साथै लागतसमेत बढेको हो ।

सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने भनिएकोमा बढेर झन्डै ७ अर्ब रुपैयाँ पुगेको आयोजनाका निर्देशक विजयबाबु मल्लले बताए ।

आयोजना चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण गरेको होे ।