Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


डोनाल्ड ट्रम्पले पुटिनको प्रशंसा गर्दै भने:‘पुटिन निकै स्मार्ट व्यक्ति हुन्’


0
Shares

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादीमीर पुटिन निकै स्मार्ट व्यक्ति रहेको भन्दै प्रशंसा गरेका हुन् ।

अमेरिकी निर्वाचनका समयमा साइबर आक्रमणमा संलग्न रहेको भन्दै ३५ जना रुसी अधिकारीलाई निश्काशन गर्ने राष्ट्रपति बराक ओबामा प्रशासनको निर्णयलाई जस्ताको तस्तै जवाफ फर्काएर सही उत्तर दिएको भन्दै ट्रम्पले पुटिनको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

पुटिनले ओबामालाई आफूहरु गैरजिम्मेवार कूटनीतिमा नअल्झने प्रतिक्रिया दिएकामा ट्रम्प खुशी देखिएका हुन् । मस्कोले वाशिंगटनको आरोपको सधै खण्डन गर्दै आइरहेको छ । (एजेन्सी)