
पक्राउपर्नेमा सिरहाको चन्द्रअयोध्यापुर–७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे–५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडकखन्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबैजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्