
शनिबार राति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४-२ ले हराएको हो । यो जितसँगै चेल्सीको ४९ अंक भएको छ ।
त्यसैगरी दाबेदार लिभरपुलले अर्को सशक्त प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ । लिभरपुल ४३ अंकका साथ दोस्रो र म्यानचेस्टर सिटी ३९ अंकका साथमा तेस्रो स्थानमा छन् ।
राति नै भएका अन्य खेलमा गतवर्षको विजेता लेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई १-० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २-१, वेष्ट ब्रोमविच आल्बियनले साउथह्याम्पटनलाई २-१, बर्नमाउथले स्वान्सी सिटीलाई ३-० ले पराजित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्