Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि


0
Shares

सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिए ।

यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो । २०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । रासस