
सिड्नीमा जारी खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै मंगलबार पहिलो दिनको समाप्तीसम्म ३ विकेटको क्षतिमा ३६५ रन बनाइसकेको छ ।
खाना समयअघि नै शतक बनाउने टेस्ट इतिहासकै पाँचौं खेलाडी बन्नेक्रममा डेभिड वार्नरले ११३ रन जोडे । उनले ८२ बलमा शतक पूरा गरेका थिए ।
माट् रेन्शा १६७ रनमा अविजित छन् ।
यसअघिका दुबै खेल हारेर पाकिस्तान शृंखलामा २–० ले पछाडि छ ।
प्रतिक्रिया दिनुहोस्