
तर, सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्वीडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयंले बताएकी छन् ।
राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोटिनगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नपुर्याएकोसमेत महारानी सिल्भियाले खुलासा गरेकी छन् ।
स्वीडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्टरी) निर्माण गरेको र विहीबार साँझ सो डकुमेन्टरी प्रसारण गर्दैछ ।
उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्दै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाइँलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’–भनिन् ।
‘भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयंलाई पनि अनुभव छ कि ?’ भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले ‘पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके’ भनी मन्द मुस्काउँदै जवाफ दिइन् ।
ड्रोटिनगहोम निजी राजदरबारको मूल संरचना १६औं शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।
महाराज्ञी सिल्भिया जर्मनीमा जन्मिएकी र स्वीडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६औंसँग उनको विवाह भएको थियो ।
बेलायती राजतन्त्रीय प्रणालीकोजस्तै स्वीडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट)कारुपमा सम्मान गरिँदै आएको छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्