२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कोहली बने भारतीय टीमको कप्तान, युवराज टीममा फर्किए


0
Shares

महेन्द्रसिह धोनीको स्थानमा एकदिवसीय र टि–२० को पनि कप्तान नियुक्त गरिएपछि उनले अब तीन वटै भर्सनको कप्तानी सम्हाल्ने छन् ।

धोनीले बुधबार एकदिवसीयको कप्तानीबाट पनि राजीनामा दिएपछि कोहलीलाई भारतीय क्रिकेट बोर्डले तीन वटै भर्सनको कप्तानी सुम्पेको हो ।

विराटले जनवरी १५ देखि इङ्ल्यान्डविरुद्ध शुरु हुने एकदिवसीय र टि–२० को नेतृत्व सम्हाल्ने छन् ।

एकदिवसीय र टि–२० मा विराट कप्तान नियुक्त भएपछि पूर्व कप्तान धोनी भने टोलीमा समावेश रहनेछन् ।

यस्तै, भर्खरै वैवाहिक बन्धनमा बाधिएका युवराज सिंह फेरि टोलीमा फर्किएका छन् । उनी ३ वर्षपछि टोलीमा फर्किएका हुन् ।