Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जंगलीहात्ती मृत फेला


0
Shares

अन्दाजी पाँच वर्षको उक्त भालेहात्ती स्थानीयवासीको गहुँबारीमा मृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कन्चनपुरले जनाएको छ ।

‘नजिकै रहेको भारतीय जंगलबाट आएर पुनर्वासमा मृत अवस्थामा हात्ती भेटिएको हो’–जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भने–‘हात्तीको पेट फुलेको थियो ।’

उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै बिरामी भइ मरेको हुनसक्ने आशंका व्यक्त गरे ।

हात्तीलाई शुक्रबार नै कानुनी प्रक्रिया पूरा गरेर गाडिएको छ । वन अधिकृत शर्माकाअनुसार हात्ती मृत फेलापरेको विषयमा अनुसन्धान गर्न इलाका वन कार्यालयको टोली सक्रिय भएर लागेको छ ।

पुनर्वास क्षेत्रमा लामो समयदेखि भारतको दुधुवा नेसनल पार्कबाट हात्तीको बथान आवत–जावत गर्ने गर्छन् । रासस