२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रियाल मड्रिडको नयाँ कीर्तिमान, बार्सिलोनालाई चुनौती


0
Shares

स्पेनिस फुटबलमा सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान बार्सिलोनाको नाममा छ । शुक्रबार रातिको खेलमा ग्रानाडालाई हराएपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिडले बार्सिलोनाको कीर्तिमान बराबरी गरेको हो ।

अब एक खेलमा नहारेमा स्पेनीस फुटबलमा सर्वाधिक लामो अपराजित श्रृंखलाको कीर्तिमान रियाल मड्रिडको नाममा रहनेछ ।

ग्रानाडाविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्कोले दुई गोल गरे । यसैगरी करिम बेन्जमा, क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल थपे ।

जितसँगै रियाल मड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको सेभिायासँग ४ अंकको अग्रता लिएको छ ।

१६ खेलबाट रियाल मड्रिडको ४० अंक भएको छ । एक खेल बढी खेलेको सेभिया ३६ अंकसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।