Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


आफूले भोगचलन गर्दै आएको १५ जग्गा खोसिएपछि ललितकला प्रज्ञा प्रतिष्ठान स्तब्ध


0
Shares

प्रतिष्ठानको सातौं प्राज्ञसभाको उद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले विगत ५१ वर्षदेखि भोगचलन गर्दै आइरहेको र सबै कलाकारहरुको साझा सम्पति रहेको जग्गा कुनै मापदण्ड बिना अन्य प्रतिष्ठानलाई दिने निर्णय गर्नु न्यायोचित नभएको बताए ।

समारोहमा वरिष्ठ कलाकार उत्तम नेपालीले ललितकला प्रतिष्ठानले नेपाली कलाको विकास, सम्बृद्धि र विस्तारका लागि महत्वपूर्ण कामहरु गरेको जिकिर गर्दै प्रतिष्ठानको संरक्षर र सम्बर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

विसं. २०२२ सालमा तत्कालिन युवराज वीरेन्द्र वीर विक्रम शाहको अध्यक्षतामा गठन भएको नेपाल ललितकला संस्थाले वि.सं. २०६४ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन जारी भएपछि अन्य तीन प्रज्ञा प्रतिष्ठानसरहको मान्यता पाएको हो ।