
वडा प्रहरी कार्यालय बैदामका हबलदार राजेन्द्र चौधरीका अनुसार राति करिब १०ः४५ बजे रेस्टुरेन्टमा आगजनी भएकोमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राति १ बजे मात्र आगलागी नियन्त्रण भएको थियो ।
काठैकाठले निर्मित उक्त रेस्टुरेन्ट स्थानीय धर्मेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका थिए ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्