२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साउथह्याम्पटनको मैदानमा लिभरपुल पराजित


0
Shares

साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीले लिभरपुललाई १÷० ले हराएको हो । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन नाथन रेडमण्डले २० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो लेगको यो खेलमा विजयी भएपछि साउथह्याम्पटनले सेमिफाइनल प्रवेशको संभावना बलियो पारेको छ भने दोस्रो लेगको खेलपुर्व लिभरपुल दबाबमा आएको छ ।

सेमिफाइनल दोस्रो लेगको खेल आगामि माघ १२ लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

लिग कप फुटबलको अर्को सेमिफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले हल सिटीमाथि पहिलो लेगमा २÷० को अग्रता लिएको छ ।