२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘बीबीसी’ च्याम्पियन


0
Shares

काठमाडौं, असार २२ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा दुईपटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै बीबीसीले उपाधि जितेको हो ।

सातदोबाटोस्थित एक्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बीबीसी १–० ले विजयी भयो । खेलको ८७औं मिनेटमा अनुप गुरुङले निर्णायक गोल गरेका थिए ।

जितसँगै बीबीसीले तीन लाख रुपैयाँ जित्दा आर्मीको भागमा एक लाख ५० हजार रुपैयाँ परेको छ ।

बीबीसीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, जय गुरुङ उत्कृष्ट मिडफिल्डर र उजेन श्रेष्ठ उत्कृष्ठ प्रशिक्षक घोषित भएका छन् ।

त्यसैगरी, आर्मीका विकास खवास उत्कृष्ट डिफेन्डर र दिनेश हेम्जान उत्कृष्ट फरवार्ड घोषित भएका छन् । विधाका उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पाएका छन् ।