२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


इजरायल र प्यालेष्टाइनबीच शान्ति वार्ता गराउन अन्तर्राष्ट्रिय सम्मेलन


0
Shares

सम्मेलनमा अमेरिकी विदेशमन्त्री जोन केरी लगायत सहभागी ७० मुलुकका प्रतिनिधिले दशकौं लामो द्वन्द्वका विषयमा ‘दुई राज्य समाधान’ को पक्षमा उभिने अपेक्षा गरिएको छ ।

प्यालेष्टाइनले सम्मेलनको स्वागत गरेको छ । तर इजरायलले भने सम्मेलन आफ्ना विरुद्ध थोपरिएको भन्दै सम्मेलनबाट आफ्नो मुलुक नबाँधिने जनाएको छ ।

शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय संलग्नता अस्वीकार गरेको इजरायलले प्यालेष्टाइनसँगको प्रत्यक्ष वार्ताबाट मात्र समाधान निस्कने बताएको छ ।

दुई मुलुकबीच कटुता बढेपछि सन् २०१४ को अप्रिल यता कुनै प्रत्यक्ष वार्ता हुन सकेको छैन । पेरिस सम्मेलनको निर्णण सुन्न इजरायल र प्यालेष्टाइनलाई आमन्त्रण गरिए पनि सम्मेलनमा भने सहभागी गराइएको छैन ।

गत महिना संयुक्त राष्ट्रसंघले इजरायलले प्यालेष्टाइन सीमामा हड्पेको जमिनमा विस्तार गरेको यहुदी बस्ती हटाउन आदेश पारित गरेको थियो । त्यसपछि प्रस्तावप्रति तिब्र आक्रोश जनाएको इजरायल र अन्तर्राष्ट्रिय समुदायबीच सम्बन्ध चिसिएको छ । (एजेन्सी)