१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ग्रान्ड स्लाम टेनिस सुरु, फेडेररले विजयी सुरुवात गरे


0
Shares

अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको प्रतियोगिताको पहिलो चरणमा शीर्ष खेलाडीहरुले सहज जित हात पारेका छन् ।

लामो समयपछि ग्रान्ड स्लाम टेनिसमा फर्किएका स्विस खेलाडी रोजर फेडेररले पहिलो खेलमा अष्ट्रियाका यर्गेन मेल्जरलाई चार सेटमा हराए ।

मेल्जर विरुद्धको खेल ३५ वर्षीय फेडेररले ७-५, ३-६, ६-२ र ६-२ को सेटमा जितेका हुन् ।

चार पटकका विजेता फेडेरर घुँडाको चोटका कारण पछिल्लो ६ महिनदेखि टेनिस कोर्टमा देखिएका थिएनन् ।

अष्ट्रेलियन ओपन पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टान वावरिङ्का, जापानका केई निशिकोरी, ब्रिटेनका एण्डी मरे, क्रोएसियाका मारिन सिलिच र फ्रान्सका जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा पुगेका छन् ।

उता महिलातर्फ अमेरिकाकी भेनस विलियम्सले युक्रेनकी कोज्लोभालाई ७-६ र ७-५ ले हराउँदा रुसकी स्वेतलाना कुज्नेत्सोभा, स्पेनकी गार्बीने मुगुरुजा र सर्वीयाकी यलिना याङ्कोभिच पनि दोस्रो चरणमा पुगेका छन् ।