२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आहा रारा गोल्डकपको उदघाटन खेलमा सहारा र सुदूरपश्चिम-११ भिड्ने


0
Shares

उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

युनाइटेड सिक्किम, बंगलादेशी क्लब, आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन् ।

प्रतियोगितामा तीन विभागीय र तीन विदेशी टिमसहित १२ टिम सहभागी हुने छन् । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उपविजेतालाई दुई लाख ५१ हजार एक रुपैयां नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव एबं प्रचार संयोजक केशबराज बरालले जानकारी दिए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।