१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


आहा ! रारा गोल्डकपमा आयोजकको उत्कृष्ट सुरुआत


0
Shares

मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।

एकतर्फी खेल खेलेको सहाराका लागि मार्टिन्सले २ तथा पिटर र रिचर्ड पुनले एक–एक गोल गरे ।

विजयी सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम, भारतसँग खेल्नेछ ।

युनाइटेड सिक्किम, बंगलादेशी क्लब, त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।

प्रतियोगिताको दोस्रो खेलमा बुधबार सशस्त्र प्रहरी र धरान फुटबल क्लब खेल्नेछन् ।

१२ टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार जित्नेछन् ।