२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अफ्रिका कपमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो


0
Shares

गाबोनमा जारी प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो ।

खेलमा क्यामरुनलाई विजयी गराउन सेबास्टिन सियानी र मिचेल गाद्जुईले एक एक गोल गरे । क्यामरुनले समुहको पहिलो खेलमा बुर्कीना फासोसँग १÷१ गोलको बराबरी खेलेको थियो ।

प्रतियोगिता अन्तर्गत राती भएको अर्को खेलमा गाबोन र बुर्कीना फासोले एक एक गोलको बराबरी खेलेका छन् । बुर्कीना फासोका नाकुल्माले पहिलो गोल गरेपनि गाबोनका औबामाएङले बराबरी गोल फर्काएका हुन् ।

अफ्रिका कप अफ नेशन्स अन्तर्गत बिहीबार राती हुने समुह बी का खेलहरुमा अल्जेरीया र ट्युनिसिया तथा सेनेगल र जिम्बाबे भिड्नेछन् ।