
पोखरामा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा अमेरिकी एएनए युएसए फुटबल टिमलाई ४–१ ले हराउँदै झापा–११ ले अन्तिम आठमा स्थान बनाएको हो ।
झापाको जितमा कर्ण लिम्बूले ह्याट्रिक गरे । उनले खेलको २४औं, ३०औं र ९०औं मिनेटमा गोल गर्दै जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका हुन् ।
झापाको लागि अर्को गोल खेलको ‘म्यान अफ द म्याच’ घोषित कर्ण लिम्बूकै पासमा ७४औं मिनेटमा बुद्ध चेम्जोङले गरे ।
अमेरिकी फुटबल टिम एएनएको तर्फबाट खेलको ८५औं मिनेटमा शिशिर विश्वकर्माले एक सान्त्वना गोल फर्काएका थिए ।
प्रतियोतिगाअन्तर्गत् शुक्रबार संकटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्