१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल माघ ९ देखि, विजेतालाई ३ लाख


0
Shares

विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेनाले माघ ९ गतेदेखि १४ गतेसम्म दोस्रो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो ।

तीन विभागीय टोली र पाँच विकास क्षेत्रका गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ ।

त्यसैगरी, सेनाले आगामी माघ २९ गते राजधानीमा प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा पुरुष म्याराथन, पुरुष तथा महिला हाफ म्याराथनलगायतका बिभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

४२ किलोमिटरको पुरुष म्याराथनका विजेताले १ लाख रुपैयाँ तथा एकथान मोटरसाइकल प्राप्त गर्नेछन् । यो विधामा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताअन्तर्गत् २१ किलोमिटर दुरीमा पुरुष तथा महिला म्याराथनका विजेताले २५ हजार तथा एकथान स्कुटर प्राप्त गर्नेछन् । यो विधामा दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।