
बिहीबार राति भएको समुहको दोस्रो खेलमा जिम्बाबेलाई पराजित गर्न सेनेगलका सादियो माने र हेन्री साईभेतले एक–एक गोल गरे ।
जितसँगै सेनेगल समुहको एक खेल बाँकी छँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
यही समुहको अर्को खेलमा ट्युनिसियाले अल्जेरियालाई २-१ ले हरायो ।
खेलमा ट्युनिसियालाई विजयी गराउन नाइम स्लीटीले एक गोल गरे भने अल्जेरियाकै आइसा मान्डीले एक आत्माघाती गोल गरेका थिए ।
अतिरिक्त समयमा अल्जेरियाका सोफियाने हानीले एक गोल फर्काउँदै हार अन्तर घटाएका हुन् ।
दुई खेलको समाप्तिसम्म यो समुहका सेनेगलको ६ अंक छ भने ट्युनिसियाको ३ अंक छ । अल्जेरिया र जिम्बाबेको भने एक–एक अंक मात्रै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्