
जारी प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटनहाम र पाँचौ स्थानमा रहेको म्यानचेष्टर सिटीबीचको खेल सिटीको मैदान इतिहाडमा नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुने छ ।
अघिल्लो हप्ता एभर्टनसँग ४–० को लज्जास्पद हार भोगेको सिटी आज बलियो प्रतिद्वन्द्वीलाई हराउँदै पीडा बिर्साउने दाउमा छ ।
पछिल्लो समय लयमा देखिएको टोटनहाम पनि सिटीलाई पछार्दै शीर्ष स्थानको चेल्सीसँग अंक दूरी कम गर्ने योजनामा छ ।
उता, स्पेनिस लिग ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले आज मालागाको सामना गर्दै छ
ला–लिगामा ४० खेलसम्म अपराजित टोलीको कीर्तिमान राखे लगत्तै आफ्नो पछिल्ला दुई खेलमा पराजय भोगेको रियल मड्रिडलाई अंक तालिकाको शीर्ष स्थानलाई मजबुत बनाउन आज जित्नैपर्ने दबाब छ ।
रियल मड्रिडको मैदानमा हुने खेल नेपाली अनुसार राति ९ बजे शुरु हुने छ । आज पराजित अथा बराबरीमा रोकिए रियललाई ला लिगाको उपाधी यात्रा कठिन बन्ने छ ।
जारी लिगमा १७ खेल खेलेको रियल मड्रिडको ४० अंक छ । १ खेल बढि खेलेको सेभिया ३९ अंकका साथ दोस्रो स्थानमा छ । समान १८ खेलबाट ३८ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्