Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


रफाइल नदाल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा


0
Shares

अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिताको तेस्रो चरणमा जर्मनीका अलेक्जेन्डर जेरेभलाई पाँच सेटमा हराँउदै नदाल चौथो चरणमा पुगेका हुन् ।

२४ औं वरियताका जेरेभ विरुद्धको खेल नवौं वरियताका नदालले ४-६,६-३, ६-७, ६-३ र ६-२ को सेटमा जिते ।

तेस्रो चरणकै अन्य खेलहरुमा विजयी हुँदै फ्रान्सका गेल मोन्फिल्स, रिचर्ड ग्यास्के, बेल्जीयमका डेभिड गोफीन, क्यानाडाका मिलोस राओनिक र स्पेनका अगष्टो बाउटिस्टा पनि चौथो चरणमा प्रवेश गरेका छन् ।

उता महिला एकलको खेलमा डेनकार्ककी क्यारोलिन वोज्नियाकीलाई ६-३ र ६-१ को सोझो सेटमा हराउँदै बेलायती खेलाडी योहाना कोन्टा चौथो चरणमा प्रवेश गरेकी छिन् ।

तेस्रो चरणका अन्य खेलहरुमा विजयी हुँदै अमेरिकाकी सेरेना विलियम्स, क्रोएशियाकी लुसिच बारोनी र चेक गणतन्त्रकी क्यारेलिना प्लिस्कोभा पनि चौथो चरणमा उक्लेका छन् ।